|

पाँचथर : पूर्व फुटबलर गणेशकुमार लावतीलाई गृह जिल्ला पाँचथरमा सम्मान गरिएको छ। पाँचथर फुटबल संघ र फिदिम स्पोर्टीङ क्लवले ताम्रापत्र र मोटरसाइकल प्रदान गरेर सम्मान गरेको हो। लावतीलाई १ लाख ८८ हजार ६ सय रुपैयाँ पर्ने यामाहा कम्पनीको १ सय २५ सिसिको सलुटो मोटरसाइकल प्रदान गरिएको हो।

उनलाई सो मोटरसाइकलको चाबी स्पोर्टीङ क्लबका अध्यक्ष विमलकुमार श्रेष्ठ र ताम्रापत्र भने प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुमागाई(खतिवडा)ले दिएकी छन्। पाँचथरमा जन्मेर विभागीय टिम एपिएफको कप्तान समेत भएर राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगिताहरुमा टिमलाई जीत दिलाउँदै नेपालीको शिर उचो गर्न भूमिका खेलेकाले लावतीलाई सम्मान गरिएको एन्फाका केन्द्रीय सदस्य सुरेश साहले बताए।

सम्मान प्राप्तपछि लावतीले सम्मानले खुसीसँगै आफ्नो जिम्मेवारी थपिएको बताए। उनले गाउँकै सिद्धदेवी क्लवमा आवद्ध भएर खेल जीवनको सुरुवात गरेका थिए भने फिदिम स्पोर्टीङ क्लवले आयोजना गरेको पूर्वाञ्चल स्तरिय खेलमा सहभागी भएर फुटबलमा करियर बनाएका थिए।

उनले ए डिभिजन लिगमा मात्रै कूल ६५ गोल गरेका छन्। हाल उनी एपिएफको असिस्टेण्ट कोचको भूमिकामा छन्। उनी जिल्लाको कुम्मायक गाउँपालिका वडा नम्वर १,यासोकमा बुबा टेकवहादुर लावती र आमा शान्तिदेवी लावतीको कोखबाट वि.स.२०३८ साल जेठ १३ गते जन्मिएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.