|

काठमाडौं : लेखक बुद्धिसागरले अंग्रेजी  नयाँ वर्ष २०१८ को अवसरमा आफ्नो फेसबुकमा १८ वटा कसम सार्वजनिक गरेका छन्। फेसबुकमा उनले,  'आफ्नो कामको मूल्यांकन भएन भनेर रुँदै हिँड्ने छैन, काममै आनन्द खोज्नेछु।  मेरो ठीक समय आको छैन भनेर उदास हुनेछैन, समयलाई आफ्नो बनाउनेछु।  अतीत जति सुन्दर, वर्तमान जति कुरूप र भविष्य जति अन्धकार देख्नेछैन।' जस्ता कसम सार्वजनिक गरेका हुन्। हेर्नुस् पूरा १८ कसम:

२०१८ का १८ कसम ! 

१ -आफ्नो कामको मूल्यांकन भएन भनेर रुँदै हिँड्ने छैन । काममै आनन्द खोज्नेछु ।

२- मेरो ठिक समय आको छैन भनेर उदास हुने छैन । समयलाई आफ्नो बनाउनेछु ।

३- अतित जति सुन्दर, बर्तमान जति कुरुप र भविष्य जति अन्धकार देख्ने छैन ।

४- आफ्नो गल्ति नस्विकारेर, त्यसैलाई मलजल गर्न अनेक कुर्तक गर्दे हिँड्ने छैन ।

५- आफूलाई मात्र महत्वपूर्ण काम लिएर धर्तिमा आएको ठान्नेछैन, अरु पनि 
महत्वपूर्ण काम लिएरै आएका हुन् भन्ठान्नेछु ।

६- गल्ति औल्याउने सबै शत्रु हुँदैनन् र प्रसंसा गर्ने जति सबै मित्रु हुँदैनन्, बुझ्नेछु ।

७- नयाँ बाटो हिँड्नलाई नयाँ जुत्ता कुरेर बस्नेछैन । कतिले खाली खुट्टा नै अनेक उकालीओराली हिँडेका छन्, बुझ्नेछु ।

८ -सबैले बलेको आगो ताप्छन् भनेर दुखी हुनेछैन । कहिलेकाही दोष चाँडै निभ्नेको पनि हुन्छ । त्यसैले सधैँ बलिरहने कोसिस गर्नेछु ।

९- मेरा कुरा कसैले बुझेनन् भनेर आक्रोशित हुनेछैन । आखिर किन बुझेनन् ? गम्भिर सोच्नेछु ।

१० -अघिपछि ठट्टा गरेपनि कामलाई गम्भिरतापर्वूक गर्नेछु । तर, अघिपछि गम्भिर भएर कामलाई ठट्टा गर्ने छैन ।

११ -यो धर्तिको अन्तिम सत्य नै मै हु र म बिना यो धर्ति चल्ने छैन, भनेर चिन्ता गर्नेछैन । अहिले चिहानमा हुनेहरुले पनि त्यस्तै सोच्थे ।

१२- समस्या आउने बित्तिकै हतास हुने छैन । समस्या पहिलो बस चढेर आएको हो, दोस्रो बसमा अवश्य समाधान पनि आउँछ भनेर आफूलाई संयम राख्नेछु ।

१३- अरुले जस्तो खोज्छन्, त्यस्तो बनेर हिँड्ने छैन । आफूभित्र जस्तो छु, बाहिर पनि त्यस्तै बन्नेछु । त्यसलाई मन पराउने पनि मान्छे हुन्छन् तर भेट नभाको भनेर आशाबादी बन्नेछु ।

१४ -नयाँ जुत्ता लाउने बित्तिकै कुकुरलाई लात्ति हान्ने छैन । जतिसुके ठूलो भोकमा पनि जति सुकै थोरै खानाबाट पनि सन्तुष्ट हुन कुकुरबाट सिक्नेछु ।

१५- आफूले आँखा चिम्लेर संसारै अँध्यारो भयो भनेर रमाउँने छैन ।

१६- चिनी कम खानेछु, धेरै चिनी खाएर बोलीमा मीठास आउँदैन भन्ने बुझ्नेछु ।

१७- भेटमा धेरै चेपारो घस्नेसित सावधान हुनेछु । बुझ्नेछु— अघि चेपारो घस्नेले प्रायः पछिल्तिर कुरा काटेर आएको हुन्छ ।

१८- हरेक प्रश्नमा जवाफ हतारमा दिइहाल्ने छैन । कहिलेकाही सही उत्तर अलि ढिला आउँछन् भनेर प्रतीक्षा गर्नेछु ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.