|

भेडेटार (धनकुटा) : अंग्रेजी नयाँ वर्ष २०१८ लाई लक्षित सुनसरी र धनकुटाको संगमस्थल भेडेटारमा छैटौं फुड फेस्टिवल (खाना महोत्सव) सुरु भएको छ। होटल एसोसिएसन भेडेटारको आयोजनामा पूर्वको प्रमुख पर्यटकीयस्थल भेडेटारमा आइतबारदेखि फुड फेस्टिवल सुरु भएको हो।

फेस्टिवलको उद्घाटन गर्दै धनकुटाबाट प्रतिनिधिसभा सांसद राजेन्द्र राईले भेडेटारको विकासमा आफूले रुपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

होटल एसोसिएसन भेडेटारका अध्यक्ष लिलाराज लावतीले तीन दिनको फेस्टिवल अवधिमा एक करोड रुपैयाँको कारोबार हुने र ३० हजार बाह्य पर्यटकले अवलोकन गर्ने अनुमान गरे। फेस्टिवलका लागि भेडेटारका सबै होटललाई स्टलको स्वरुप दिइएको छ भने थप १० वटा स्टल राखिएको छ।

विभिन्न जातजातिको खानाका परिवकार र स्थानीय उत्पादनहरु फेस्टिवलमा राखिएको छ। फेस्टिवलमा धनकुटाको राजारानी, नाम्चे, नमस्ते झरना घुमाउने, होम स्टेमा खाना बस्नको सुविधा सहितको प्याकेजको व्यवस्था मिलाइएको होटल एसोसिएसन भेडेटारका सचिव जितेन्द्र रुम्दालीले जानकारी दिए।

विभिन्न सांस्कृतिक कार्यक्रमसहितको फेस्टिवलमा राष्ट्रिय स्तरमा ख्यातीप्राप्त कलाकारको प्रस्तुति पनि पनि रहनेछ। प्रत्येक दिन मगरहरुको हुर्रा नाचले पर्यटकहरुलाई मनोरञ्जन दिने आयोजकले बताएको छ। फेस्टिवल अवधीभर भेडेटारका होटल तथा लजमा २० प्रतिशत छुटको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.