|

धनकुटा : धनकुटालाई प्रदेश नम्बर १ को प्रादेशिक राजधानीको माग राख्दै तीन सातादेखि आन्दोलनमा उत्रिएका धनकुटावासीले आइतबार धनकुटा बजारमा थाल बजाउँदै जुलुस निकाले छन्।

प्रादेशिक राजधानीको भाग धनकुटाको भएको र धनकुटाको भाग खोसिन लागेको भन्दै स्थानीयले आफ्ना माग सरकार समक्ष ध्यानाकर्षण गरिएको संकेतस्वरुप हातमा रित्तो थाल बजाउँदै स्थानीयले धनकुटा बजार परिक्रमा गरेका थिए।

जिल्लामा क्रियाशील राजनीतिक दलको अगुवाईमा गरिएको प्रदर्शनमा राणाकालदेखि हालसम्म प्रशासनिक केन्द्र रहेको धनकुटालाई हाल आएर प्रदेश नं.१ को राजधानी नबनाई आफूहरूको भाग खोस्न लागेकाले जसरी धनकटालाई प्रादेशिक राजधानी बनाइनुपर्ने माग गरिएको छ।

आन्दोलनमा उत्रिएका आन्दोलनकारीले हातमा बोकेको थालमा ‘हाम्रो भाग नखोसियोस्’ भन्ने लेखिएको थियो। धनकुटाबजार मुख्य केन्द्र स्थानीय मदन चोकबाट थालिएको थाल जुलुस बजारका विभिन्न भागको परिक्रमापछि पुनः सोही स्थानमा आएर सभामा परिणत भएको थियो।

सभालाई प्रदेशसभा सदस्य निरन राईलगायत विभिन्न राजनीतिक दलका प्रतिनिधिले सम्बोधन गरेका थिए। स्थानीयले पर्याप्त पूर्वाधार र भौगोलिक रुपमा उपयुक्त स्थल रहेको भन्दै धनकुटालाई राजधानी बनाउनुपर्ने मागसहित आन्दोलन गर्दै आएका छन्। माग पूरा नहुन्जेल चरणबद्ध आन्दोलन जारी रहने संघर्ष समितिले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.