|

धनकुटा : प्रदेश नम्बर १ को राजधानी धनकुटा हुनपर्ने माग राख्दै चरणबद्ध आन्दोलन गरिरहेका धनकुटावासीले सोमबार बिहानैदेखि धनकुटा बजार बन्द आह्वान गरेका छन्।

बिहानदेखि आन्दोलनकारीले माइकिङ गरेर बजार बन्द गराएका हुन्। व्यापारीहरु स्वस्पूmर्त रूपमा आन्दोलनमा ऐक्यबद्धता जनाएपछि धनकुटा बजार पूर्णरुपमा बन्द भएको हो। बजार बन्द गराएका धनकुटावासीले शैक्षिक संस्था, यातायातका साधनमा कुनै अवरोध गरेका छैनन् र  निर्वाध रुपमा सञ्चालन भइरहेका छन्।

प्रादेशिक राज्यको राजधानी धनकुटा हुनुपर्ने माग गर्दै चरणबद्ध आन्दोलनमा उत्रिएका धनकुटाबासीले आइतबार रित्तो थाल बजाएर प्रदर्शन गरेका थिए भने सोमबार क्षेत्रीय प्रशासन कार्यालय घेराउ गर्ने कार्यक्रम रहेको आन्दोलन परिचालन समिति सदस्य सुन्दरबाबु श्रेष्ठले बताए।

यसअघि पटकपटक क्षेत्रीय प्रशासन कार्यालय र जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र पठाइसकेका धनकुटाका स्थानीयले धनकुटाबाहेक अन्यत्र राजधानी नस्वीकार्ने भन्दै धनकुटा बन्द लगायतका चरणबद्ध आन्दोलन गर्दै चौथो चरणको आन्दोलन जारी राखेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.