|

रुकुम : रुकुम पश्चिम सदरमुकामको सल्ले विमानस्थलमा दुई उडान थप गरिएको छ। नेपाल वायुसेवा निगमले सल्ले विमानस्थलमा दुई उडान थपेर हप्तामा चार पुर्‍याएको हो।

अब आइतबार काठमाडौं सल्ले नेपालगञ्ज र सोमबार नेपालगञ्ज रुकुम काठमाडौं उडान हुनेछ। त्यस्तै बुधबार काठमाडौं सल्ले नेपालगञ्ज र बिहीबार नेपालगञ्ज रुकुम काठमाडौं उडान हुने नेपाल वायु सेवा निगम रुकुम सल्ले स्टेशनका सहायक प्रमुख रमेश पोखरेलले जानकारी दिए। उनका अनुसार हप्तामा दुईवटा मात्र उडान हुँदा यात्रुहरुको चाप बढेका कारण केन्द्रमा अनुरोध पछि उडान थप गरिएको हो।

रुकुम सल्ले विमानस्थलमा निगमले मात्र उडान भर्दै आएको छ। उडान थप भएपछि उपचारका लागि नेपालगञ्ज र काठमाडौं जाने यात्रुहरुलाई सहज हुनेछ।रुकुमबाट काठमाडौंको लागि एयरपोर्ट शुल्क सहित ५ हजार ४ सय ५ र नेपालगञ्जको लागि २ हजार १ सय ४० रुपैयाँ भाडा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.