|

धनकुटा : भेडेटारमा जारी छैटौं भेडेटार 'फुड फेस्टिवल'मा आन्तरिक र बाह्य पर्यटकको घुइँचो लागेको छ। अंग्रेजी नयाँ वर्षको अवसरमा आइतबार सुरु भएको महोत्सवमा दुई दिनमा करिब १५ हजार आएको आयोजक होटल एसोसिएसन अफ भेडेटारका अध्यक्ष लीलाराज लावतीले बताए। 

आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाई यो क्षेत्रको आर्थिक तथा सामाजिक उत्थान गर्न सहयोग पुग्ने उद्देश्यले महोत्सव आयोजना गरेको आयोजकले जानकारी दिएको छ। महोत्सवमा ३० हजार पर्यटक आउने र १ करोड भन्दा बढीको कारोबार गर्ने लक्ष्य राखेको आयोजकले बताएको छ। 

मंगलबारसम्म चल्ने मेलामा स्थानीय स्तरमा उत्पादित खानाका परिकार, सागसब्जी तथा घरेलु हस्तकलाका सामग्री, फूल नर्सरीलगायतका स्टल राखिएका छन्। यस्तै भेडेटारमा क्षेत्रमा पाइने फलफूल तथा कन्दमूलहरु पनि स्टलमा सजाइएको छ। महोत्सवमा ख्यातिप्राप्त कलाकारले प्रस्तुति दिइरहेका छन्। 

छिनछिनमा मौसम परिवर्तन हुने भेडेटार धरानदेखि १८ किलोमिटर उत्तरमा पर्छ भने धनकुटाबाट ३४ किलोमिटर दक्षिण। भेडेटार धनकुटा र सुनसरी जिल्लाको सिमाना समेत हो। बाह्रै महिना चिसो हुने कारण पनि यो ठाउँ पर्यटकहको लागि रोजाइको केन्द्र बन्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.