|

पाल्पा : पाल्पामा भरुवा बन्दुकबाट चलाएको गोली लागेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा तिनाउ गाउँपालिका- ६ मस्यामका ६२ वर्षिय धनबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिल्लीराज पन्तले जानकारी दिए।

सोही ठाउँका बालबहादुर लम्तरिले चलाएको गोली लागेर थापाको मृत्यु भएको हो। मस्यामको छतिवन जङ्गलमा बादरलाई ताकेर बन्दुक प्रहार गर्दा पल्लो पाखामा बाख्रा चराइरहेका थापालाई लागेको लम्तरिले प्रारम्भिक बयान दिएको प्रहरी उपरीक्षक पन्तले बताए।

सोमबार अपरान्ह भएको घटनाबारे बेलुका ८ बजेमात्र आफूलाई जानकारी भएको उनले बताए। बन्दुक हान्ने लम्तरिलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी उपरीक्षक पन्तले बताए। नाता सम्बन्धले मृतक थापा लम्तरिका भिनाजु पर्दछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.