|

हुम्ला : सदरमुकाम सिमकोटमै रहेको बालमन्धिर माविमा कार्यरत शिक्षक डिल्ली महताराको कलेजोमा  समस्या देखिएपछि  उपचारका लागि भन्दै विद्यालयले  आर्थिक अभियान सञ्चालन गरेको छ। गएको हप्तादेखि सुरु गरिएको डिल्ली महतारा  बचाउ अभियानमा  सिमकोट बजार आसपास सरकारी-गैरसरकारी कार्यालयबाट २ लाख ४४ हजार ५ सय रुपैयाँ  आर्थिक संकलन  गरेको छ।

आर्थिक संकलन अभियानअन्तर्गत सिमकोट बजारमा ५० रुपैयाँदेखि ५ हजारसम्म विभिन्न सहयोगीदाताबाट आर्थिक सहयोग भएको बालमन्दिर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोरा रावतले बताए।

शिक्षक  महतारा कानको समस्याले जिल्ला अस्पताल हुम्लामा उपचार गर्दा गर्दै  एक्कासि मुखबाट रगत बान्ता गरेपछि थप उपचारका लागि जिल्ला अस्पताल हुम्लाले काठमाडौंमा रिफर गरेको बालमन्दिर माध्यामिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले बताए।

शिक्षक डिल्ली महतारालाई काठमाडौंमा चेक जाँच गर्दा कलेजोमा  समस्या देखिएपछि अहिले भक्तपुरको मानव अंग प्रत्योरोपण केन्द्रमा भर्ना गरिएको बिरामीका आफन्तले बताएका छन्।

राहत दरबन्दीमा कार्यरत शिक्षक महतारालाई औषधि उपचार गर्न आर्थिक समस्या  भएपछि विद्यालयकै सहकर्मी शिक्षकहरु र  विद्यालय व्यवस्थापन समिति परिवार लगायतले सिमकोट बजार आसपासमा आर्थिक संकलन गरेको हो।

नेपालमा अहिले महताराको उपचार सम्भावान कम हुने देखिएको कारणले भारतमा लैजाँदा ४२ लाख आर्थिक उपचारमा लाग्ने बताए। गएको  असोज महिनादेखि काठमाडौंको टिचिङ अस्पतालमा उपचाररत महतारालाई भक्तपुरको मानव अंग प्रत्योरोपण केन्द्रमा राखिएको  छ।

अहिले  औषधि सेवनवाट केही सुधार आयता पनि  कलेजोले काम नगरेकोले नयाँ कलेजो पत्यारोपण  गर्नुपर्ने चिकित्सकले बताएको बिरामी महताराका आफन्तले बताएका जानकारी दिएका छन्। जिल्लाबाट आर्थिक संकलन कम मात्र भएको र अझै २०/२५ लाख जति आर्थिक  लाग्ने भएकोले  कसैबाट सहयोग भएमा  बाँच्न सक्ने शिक्षक महताराका आफन्तले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.