|

संखुवासभा : भारतीय राजदूत मञ्जिवसिंह पुरीले मंगलबार जिल्लाको मकालु गाउँपालिकामा पर्ने राष्ट्रिय गौरवको आयोजना अरुण तेस्रोको अवलोकन गरेका छन्। हेलिकोप्टरमा आएका पुरी तुम्लिङटार विमानस्थलमा ओर्लिएर प्रमुख जिल्ला अधिकारी लगायतका सरकारी अधिकारीसँग भेट गरी अरुण तेस्रोको अवलोकन गर्न गएका थिए।

अरुण तेस्रोको पावरहाउस निर्माणधीन स्थल पखुवाको अवलोकनपछि बाँध निर्माण नुमको फ्याक्सिन्दा पुगेका राजदूत पुरीले फ्याक्सिन्दामा परियोजनाको बारेमा जानकारीसमेत लिए। परियोजनाबारे जानकारी लिन र निर्माण कार्य द्रुत गतिमा अगाडि बढाउन सम्बन्धित कर्मचारीलाई राजदूत पुरीले निर्देशनसमेत दिएका प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताए।

नेपालकै बहुचर्चित रहेको जलविद्युत्त परियोजना निर्माणको जिम्मा भारतीय एसजेभियन सतलज कम्पनीले लिएको छ। ९ सय मेगावाट क्षमताको यस आयोजना निर्माणपछि नेपालले २१ प्रतिशत विजली निशुल्क पाउनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.