|

सुर्खेत : रुकुम पश्चिम सदरमुकामको सल्ले विमानस्थलमा दुई उडान थप गरिएको छ। नेपाल वायुसेवा निगमले सल्ले विमानस्थलमा दुई उडान थपेर हप्तामा चार उडान पुर्‍याएको हो।

अब आइतबार काठमाडौं–सल्ले–नेपालगंज र सोमबार नेपालगंज–रुकुम–काठमाडौं उडान हुनेछ। त्यस्तै, बुधबार काठमाडौं–सल्ले–नेपालगंज र बिहीबार नेपालगंज–रुकुम–काठमाडौं उडान हुने नेपाल वायु सेवा निगम रुकुम सल्ले स्टेशनका सहायक प्रमुख रमेश पोखरेलले जानकारी दिए।

उनका अनुसार हप्तामा दुईवटा मात्र उडान हुँदा यात्रुहरूको चाप बढेका कारण केन्द्रमा अनुरोधपछि उडान थप गरिएको हो। रुकुम सल्ले विमानस्थलमा नृपाल वायुसेवा निगमले मात्र उडान भर्दै आएको छ। 

उडान थप भएपछि उपचारका लागि नेपालगंज र काठमाडौं जाने यात्रुहरूलाई सहज हुनेछ।

रुकुमबाट काठमाडौंका लागि एयरपोर्ट शुल्कसहित पाँच हजार ४०५ र नेपालगंजका लागि दुई हजार १४० रुपैयाँ भाडा रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.