|

सुर्खेत : हिमाली जिल्ला हुम्लामा चिसो बढेसँगै सामुदायिक तथा निजी सम्पूर्ण विद्यालयहरू बन्द भएका छन्। सरकारले उच्च हिमाली जिल्लाहरूका विद्यायालयहरूमा पुस १५ देखि ४५ दिने हिउँदे बिदा दिएको हो। 

आगामी फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुने भए तापनि फागुन २ गते महाशिवरात्रि परेका कारण फागुन ३ गतेदेखि विद्यायालय खुल्ने मानसरोवर माध्यमिक विद्यालयका शिक्षक अमरबहादुर शाहीले बताए। 

नयाँ शैक्षिक सत्र बैशाख १ गतेदेखि सुरु भए तापनि हिमाली जिल्लाहरूमा पुस र माघको महिना करिब ४५ दिन बिदा दिइएका कारण हिमाली जिल्लाहरूमा नयाँ शैक्षिक सत्र फागुन १ गते देखि सुरु हुने भएको छ।

शैक्षिक सत्र सकिएपछि हुम्लाका करिब १५० विद्यालयहरू बन्द भएका छन्। हुम्लामा १४४ वटा सामुदायिक विद्ययालय र छवटा निजी विद्यालयहरू रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.