|

जीतपुर (कपिलवस्तु) : बाणगंगा नगरपालिका–९ भलवाडका दुई महिला १४ दिनदेखि बेपत्ता भएका छन्। बक्सीसपुर टोलमा घर भएकी २२ वर्षीया गीता गुरुङ मंसिर २४ देखि र भलवाड घर भएकी राधा नेपाली परियार पुस ५ देखि बेपत्ता भएको उनीहरूको परिवारले बताएको छ। 

अर्घाखाँची गौचौर माइती घर भएकी गीता मंसिर २४ गतेदेखि बेपत्ता भएकी हुन्। गुरुङ मंसिर १५ गते अढाइ वर्षको छोरालाई लिएर माइत गएको नन्द धना गुरुङले बताइन्। उता तीन दिन बसेपछि 'घर जान्छु' भन्दै बस चढेको माइती परिवारले बताएको छ। 

'म घर आईपुगेँ' भनेर आफूलाई समेत फोन गरेको उनकी आमाले बताइन्। 'माइत गएको धेरै दिन भयो, भाउजु अझै आउनु भएन' भन्दै नन्दले माइतमा फोन गरेपछि गीता हराएको खुलेको हो। 

यस्तै, यही पुुस ५ गतेदेखि बेपत्ता भएकी राधाले 'मलाई कसैले नखोज्नुहोला' भन्ने एक पान्नाको चिठी लेखी घरमा छोडेकी राधा कहाँ गइन् भन्ने अहिलेसम्म पत्ता नलागेको उनका ससुरा छन्दबहादुर परियारले बताए। पत्रमा कुनै ठाउँमा जान्छु भनेर स्पष्ट नलेखेको परियारले बताए। 

गीता गुरुङका श्रीमान् मलेसियामा र राधाका श्रीमान् ओमनमा छन्। दुवै परिवारले इलाका प्रहरी कार्यालयमा खोजिदिन निवेदन दिएको र खोजी भइरहेको प्रहरी निरीक्षक राजु कार्कीले जानकारी दिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.