|

डोटी : दीपायललाई ७ नम्बर प्रदेशको राजधानी बनाउनुपर्ने माग गर्दैै डोटीमा अनिश्चितकालीन बन्द आह्वान गरिएको छ। प्रदेश ७ को अस्थायी मुकाम धनगढीलाई बनाउने सरकारी प्रस्ताव सार्वजनिक भएपछि डोटीवासी आन्दोलिन भएका हुन्। सरकारले प्रदेशको अस्थायी राजधानी औपचारिकरुपमा नतोके पनि धनगढीमा अस्थायी राजधानी राख्ने प्रस्ताव मंगलबार सार्वजनिक भएको थियो।

बुधबार बिहान दिपायलमा बसेको संघर्ष समितिको बैठकले अनिश्चितकालीन जिल्ला बन्द गर्ने निर्णय गरेको हो। बन्दका कारण बिहानैदेखि जिल्लाभरको जनजीवन प्रभावित भएको छ। सरकारी कार्यालय, बजार, गैरसरकारी संस्था र शिक्षण संस्थाहरुसमेत बन्दले प्रभावित भएका छन्।

एम्बुलेन्स, दमकल, प्रेस, शव बाहन, निलो प्लेटका अत्यावश्यकीय सवारी साधन भने निर्वाधरुपमा सञ्चालनमा छन्।

संघर्ष समितिका सदस्य दीपकबहादुर खड्काले पहाडको अधिकार खोस्ने गरी प्रदेश ७ को अस्थायी मुकाम तोक्न लागिएकाले संघर्षमा उत्रिएको बताए। भौतिक पूर्वाधारदेखि भौगोलिक दूरीका हिसाबले पनि दीपायल प्रदेश राजधानीका लागि उपयुक्त भएको उनको तर्क छ। माग पूरा नभएसम्म बन्द जारी रहने खड्काले चेतावनी दिए।

डोटीको ग्रामिण क्षेत्रमा पनि विरोध प्रदर्शन भएको छ। शिखर नगरपालिकाको मुड्भरामा स्थानीयले प्रदर्शन गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.