|

लहान : पछिल्लो पाँच दिनदेखि चलेको शीतलहर र चिसोले सप्तरीको जनजीवन कष्टकर बनेको छ। विशेषगरी विपन्न, वृद्धवृद्धा र बालबालिकाहरु बढी प्रभावित भएका छन्। चिसोले दैनिकमा समेत निकै प्रभाव परेको छ।

बढ्दो शीतलहर र चिसोले तापक्रम घट्दै गएपछि बजार तथा सडकमा चहलपहल घटेको छ। चिसोले वृद्धवृद्धा, बालबालिका र बिरामी बढी प्रभावित भएका छन्। बढ्दो चिसोले  राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा बिरामीको चाप बढेको छ। अस्पतालमा निमोनिया, पखाला, रुघाखोकी, ज्वरो लगायतका बिरामी बढेका छन्। बिरामीको चाप बढेपछि शय्या अभावका कारण भुइँमै राखेरसमेत उपचार भइरहेको अस्पतालले जनाएको छ।

कम्बल र म्याट्रेस बाँडिदै

जिल्ला दैवी प्रकोप उद्धार समितिको पहलमा विपन्न तथा दलित बस्तीमा कम्बल म्याट्रेस बाँडिरहेको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डेले जानकारी दिए।

प्रजिअ पाण्डेका अनुसार समितिको समन्वय र जाइकाको सहयोगमा नेपाल रेडक्रस सोसाइटी सप्तरी, मारवाडी सेवा समितिसहित अन्य संघ संस्थाहरुमार्फत् ६ हजार थान कम्बल र म्याट्रेस तथा दाउरा बाँडिएको छ। जाडोबाट सर्वसाधारणलाई जोगाउन जिल्ला सदरमुकाम राजविराजसहित अन्य ठाउँहरुमा दाउरा बाल्ने व्यवस्था गरिएको प्रजिअ पाण्डेले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.