|

पाल्पा : पाल्पामा बिहीबार जिप दुर्घटना हुँदा चार जना घाइते भएका छन्। घाइते हुनेमा चालक रुपन्देहीको कञ्चन गाउँपालिका हरैयाका ३० वर्षीय युनिक पुन, बागलुङको निसीखोला गाउँपालिका ७ का ५० वर्षीय पुरन पुन, सोही ठाउँकी २७ वर्षीया लक्ष्मी पुन र उनका चार वर्षीय छोरा वसन्त पुन रहेको पाल्पाका प्रहरी निरीक्षक चन्द्रकुमार थापाले जानकारी दिए।

उनका अनुसार घाइतेमध्ये चालक युनिकको अवस्था गम्भीर रहेको छ। उनीहरु सबैको युनाइटेड मिसन अस्पताल तानसेन पाल्पामा उपचार भइरहेको छ। बुटवलबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ज १८५८ नम्बरको पिकअप जिप रिब्दीकोट गाउँपालिका–२ जोर्तेमा विहान साढे आठ बजे दुर्घटना भएको हो।

जिप सडकबाट झण्डै सय मिटर तल खसेको प्रहरी निरीक्षक थापाले जानकारी दिए। दुर्घटना के कारणले भएको हो भन्नेबारे अहिलेसम्म नखुलेको र अनुसन्धान भइरहेको उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.