|
भदौ १९ गते चीनबाट ल्याइएको ८८ किलो सुन बरामद गरेपछि सार्वजनिक गर्दै अपराध महाशाखा प्रमुख दिवेश लोहनी।

काठमाडौं : आर्थिक वर्ष २०७४/७५ को पाँच महिनामै काठमाडौंका विभिन्न ठाउँबाट प्रहरीले १०९ किलो ४ सय ६०.३ ग्राम सुन बरामद गरेको छ। अवैध रुपमा भित्रिएको यति ठूलो परिमाणको सुन उपत्यकाको विभिन्न प्रहरी कार्यालयबाट खटिएका प्रहरी टोलीले बरामद गरेको हो। 

प्रहरी इकाइबाहेक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयबाट पनि अवैध सुन बरामद भएको महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका प्रवक्ता वरिष्ठ उपरीक्षक पूर्णचन्द्र जोशीले जानकारी दिए। यसरी सबैभन्दा धेरै अवैध सुन चीनको केरुङ नाका हुदै रसुवागढीबाट भित्रिएको छ।

पछिल्लो समय यो नाकाबाट अवैध सुन भित्र्याउने क्रम बढेको प्रहरीको भनाइ छ। तस्करलाई हवाईमार्ग भन्दा सडक मार्ग बढी सुरक्षित हुने र नेपालका सवारी साधन निर्वाध रुपमा चीनतिर जान पाउने भएकाले पनि यो नाकालाई सुरक्षित रुपमा प्रयोग गरेका प्रहरीको भनाइ छ।

केही वर्षदेखि मात्र सञ्चालनमा आएको यो नाकामा चेकजाँचमा सुरक्षा संयन्त्रहरु प्रभावकारी नभएको फाइदा पनि तस्करहरुले उठाइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक रामदत्त जोशीले जानकारी दिए। 

कुन महिनामा कति परिणामको सुन बरामद भए? 

महिना

सुनको परिणाम (ग्राममा)

अंकित मूल्य (रुपैयाँमा)

साउन

९९.५ ग्राम

४ लाख ५८ हजार ९४४

२ किलो २५ ग्राम

९४ लाख ९६ हजार २३७.५०

८८ ग्राम

६ लाख ७८ हजार २८५.६०

९९ ग्राम

४ लाख ६१ हजार ७३६

 ४९.५० ग्राम

२ लाख ३३ हजार ४१७

भदौ

८८ किलो

४३ करोड २१ हजार ६८०

१ किलो ५०.३

७ लाख ७ हजार ५४७

मंसिर

१ किलो ४९ ग्राम

७ करोड १६ लाख ६१ हजार ५५०

१७ किलो

मूल्य नखुलेको

जम्मा

१०९ किलो ४६०.३

५१ करोड ३४ लाख १९ हजार ३९७

कता जान्छ बरामदभएको सुन ?

नेपालमा प्रहरी र विमानस्थल भन्सार कार्यालयले बरामद गरेको सुन के गरिन्छ? आम मानिसको चासोको विषय बनेको छ। प्रहरीका अनुसार बरामद गरिएको अवैध सुन आन्तरिक राजस्व विभाग र भन्सार कार्यालयहरुमा बुझाइन्छ। 'प्रहरीको त समात्ने काम मात्र हो' महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता जोशीले भने 'हामीले त्यसलाई आन्तरिक राजस्व विभाग र भन्सार कार्यालयहरुमा बुझाउँछौं।' 

भन्सार कार्यलयले विभिन्न ठाउँबाट प्राप्त भएको अवैध सुन नेपाल राष्ट्र बैंकलाई बुझाउने गरेको छ। राष्ट्र बैंकले सुनको परिमाण हेरेर त्यसबापतको रकम भन्सार कार्यालयलाई दिने त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाले जानकारी दिए। राष्ट्र बैंकले उक्त सुन के गर्छ आफूहरुलाई थाहा नहुने उनले बताए। 

यसरी भन्सार कार्यालयबाट प्राप्त हुने सुन राष्ट्र बैंकले नेपाली बजारमा नै बिक्री गर्ने गरेको छ। राष्ट्र बैंकका सहायक प्रवक्ता राजेन्द्र पण्डितले भन्सार कार्यालयबाट प्राप्त भएको सुन राष्ट्र बैंकले खरिद गरी प्रचलित मूल्यमा नेपाली बजारमा बिक्री गर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.