|

संखुवासभा : जिल्लाको खाँदबारी अस्पतालमा स्टाफ नर्स र अस्पताल प्रमुखबीच कुटाकुट भएको छ। अस्पतालका प्रमुख डा. बिनितकुमार झालाई स्टाफ नर्स फूलमाया तामाङले हातपात गरेपछि दुई जनाबीच कुटाकुट भएको एक कर्मचारीले जानकारी दिए।

अस्पताल प्रमुख डा. झाले काममा किन नजानुभएको भनेर सोधेपछि स्टाफ नर्स तामाङले तँ को होस् र तँ जस्ता कति आए कति गए मलाई फरक पर्दैन भन्दै आक्रमणमा उत्रिएको ती कर्मचारीले बताए। स्टाफ नर्स तामाङलाई ३ दिनअघि काममा जान भनेको र आज पनि भेटेरै काममा जान अनुरोध गरेको डा. झाले बताए।

बिहान ११ बजे झगडा भएपछि अस्पतालका सबै स्वास्थ्यकर्मी जिल्ला जनस्वास्त्य कार्यालयमा वार्तामा गएकाले अस्पतालको सेवा ठप्प भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.