|

बागलुङ : जिल्लाको निसीखोला गाउँपालिका–७ राजकुतको जंगलनजिकै बारीमा बिहीबार मृत अवस्थामा चितुवा फेला परेको छ। अन्दाजी तीन वर्षको जस्तो देखिने भाले चितुवा बारीको छेउमा देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए।

चितुवाको मृत शरीर हेर्दा दुई दिनअघि मरेको हुनसक्ने इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रहरी निरीक्षक कृष्ण राना मगरले जानकारी दिए। उनले चितुवा मान्छेबाट मारिएको जस्तो नदेखिएको भन्दै अर्को चितुवासँग लडेर घाइते भएपछि आफै मरेको हुन सक्ने बताए।

मृत चितुवालाई इलाका प्रहरी कार्यालय र इलाका वन कार्यालय बुर्तिबाङको संयुक्त टोलीले बुर्तिबाङ बजार ल्याई कानुनी प्रक्रिया पुरा गरेर वन कार्यालय परिसरमा गाडेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.