|

उदयपुर : त्रियुगा उच्च माध्यामिक विद्यालयका गाईघाटमा अध्यनरत फरक क्षमता (बौद्धिक अपांगता) भएका विद्यार्थीले लुगा धुने मेसिन पाएका छन्। त्रियुगा नगरपालिका ११ का स्थानीय विमल श्रेष्ठले उच्चमाविमा अध्ययनरत विद्याथीहरुलाई मेसिन सहयोग गरेका हुन्।

शुक्रबार बिहान प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको उपस्थितिमा विद्यालयलाई करिब ४० हजार पर्ने मेसिन हस्तान्तरण गरिएको हो। जाडोमा बैद्धिक स्रोत केन्द्र कक्षाका आया (केयर टेकर) लाई अशक्त बालबालिकाको लुगा धुन सहज होस भनेर मेसिन प्रदान गरिएको दाता श्रेष्ठले बताए।

तीन वटा स्रोतकेन्द्र रहेको उक्त विद्यालयमा ३० जना बौद्धिक अपांगता भएका बालबालिका अध्यनरत छन्। वासिङ मेसिन प्राप्त भएपछि लुगा धुन सजिलो हुने आया अजिता कार्कीले बताइन्।

फरक क्षमता भएका व्यक्तिहरुलाई सहयोग गर्नु सबैभन्दा ठूलो धर्म रहेको हस्तान्तरण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कँडेलले प्रतिक्रिया दिए।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.