|

दाङ : दाङका दृष्टिविहीनहरुले विद्यार्थीहरुले समयमा पाठ्यपुस्त नआउनु र ब्रेललिपिमा नहुदाँ पढाईमा समस्या भएको बताउँछन्। दाङमा करिब ५ सय जति दृष्टिविहीन छन्। ती मध्येमा डेढ सय जति विद्यार्थीहरु छन्। तर, उनीहरुले आफ्नो पढाइ र अवसरप्रति राज्यले चासो नदिएको बताउँछन्।

गुरुजजुर माध्यामिक विद्यालय तुलसीपुरमा कक्षा १० मा अध्यनरत प्रमिला चौधरीले आफू ब्रेललिपिबाट पढ्न पाउँदा खुसी भएको बताउँछिन्। तर, पढाइका लागि राम्रो व्यवस्था हुनुपर्ने उनको भनाइ छ। त्यस्तै, कक्षा १२ मा अध्यनरत अनिता थापा मगरले आफू दृष्टिविहीन भएता पनि ब्रेललिपिबाट पढ्न पाएकोमा खुसी छन्। तर, समयमै ब्रेललिपिमा पाठ्यपुस्तक उपलब्ध नहुँदा पढाइमा समस्या हुने बताउँछिन्।

त्यस्तै, कक्षा १० मा अध्ययनरत दुर्गा चौधरीलाई भने, ‘आफू पढेर शिक्षक बन्ने रहर छ। तर, पढ्नका लागि ब्रेललिपिका प्राप्त पाठ्यपुस्तक नहुँदा साथीहरु तथा शिक्षकको भर पर्नुपर्छ। उनीहरु राम्रा भए त पढ्ेको बुझिन्छ नत्र आखाँ देखिँदैन शिक्षक बोडमा लेखेको थाहा हुदैन त्यो भएर हाम्रा लागि सबै पाठ्यपुस्तक र परीक्षाका पेपरहरु पनि ब्रेललिपिमा नै बनाइदिन आग्रह गर्दछु।’

जिल्लामा ५ सय जति दृष्टिविहीनहरु छन्। तीमध्ये १० जनाले ब्रेललिपिको माध्यमबाट स्नातकत्तोरसम्म अध्ययन गरेका छन् भने ५० जनाले स्नातक तहसम्म अध्ययन गरेका छन्। तर, आपूmहरुले रोजगारको अवसर नपाएको नेत्रहीन संघ दाङका अध्यक्ष रामबहादुर खड्काले बताए। त्यसमा पनि राज्यले दाङका दृष्टिविहीनहरुलाई नहेरेको उनको गुनासो छ।

राज्यबाट विभिन्न कर्मचारीका लागि  लोकसेवा आयोगबाट आह्वान गरेको हुन्छ तर एक क्षेत्रबाट  १ जना अपांगलाई आरक्षणको व्यवस्था गरेको हुन्छ। त्यसमा पनि विभिन्न थरीका अपांगता भएकाहरु छन्, त्यसैले अब दृष्टीविहीनहरुका आरक्षण छुट्याउनुपर्ने उनको माग छ।  दाङमा गुरुजजुर माध्यामिक तुलसीपुरमा ३० जना र मावि मौरीघाट लालमटी देउखुरीमा दृष्टीविहीन विद्यार्थीहरुले कक्षा १ देखि १० जोड २ मा अध्ययन गरिरहेको छन्।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.