|

काठमाडौं : यसवर्षको गोविन्द वियोगी पत्रकारिता पुरस्कार नयाँ पत्रिकाका सम्पादक कृष्णज्वाला देवकोटालाई प्रदान गरिने भएको छ। आइतबार बसेको सम्पादक समाजको बैठकले गोविन्द वियोगी पत्रकारिता पुरस्कार देवकोटालाई दिने निर्णय गरेको हो। 

यसैगरी गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार नेपाल टेलिभिजनका समाचार सम्पादक अनिता बिन्दुलाई प्रदान गर्ने भएको छ। त्यस्तै वरिष्ठ पत्रकारहरुलाई सम्मान गर्ने परम्परा अनुसार यसबर्ष नेपाल पत्रकार महासंघका पूर्व सभापति धर्मेन्द्र झा, रेडियो नेपालका तत्कालिन समाचार उद्घोषक हरिष चन्द (माइकल चन्द) र द टेलिग्राफका सम्पादक नरेन्द्र उपाध्यायलाई सम्मान गरिने सम्पादक समाजले जानकारी दिएको छ। 

गोविन्द वियोगी पत्रकारिता पुरस्कारको राशी २५ हजार १ रुपैयाँ रहेको छ भने विशेष पत्रकारिता पुरस्कारको १५ हजार १ रुपैयाँ रहेको छ। यी पुरस्कार र सम्मान गोविन्द वियोगीको १२ औं स्मृति दिवसका सन्दर्भमा माघको पहिलो हप्ता प्रदान गरिने सम्पादक समाजले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.