|

पर्सा : सिर्सिया सुख्खा बन्दरगाह नाकाबाट मदिरा आयात घटेको छ। गत आर्थिक वर्षको पहिलो पाँच महिनाको तुलनामा चालु आर्थिक वर्षमा मदिराको आयात घटेको हो। यो नाका हुँदै सबैभन्दा बढी तेस्रो मुलुकबाट मदिरा आयात हुन्छ। 

बन्दरगाहस्थित भन्सार कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा यो नाकाबाट ४७ करोड १८ लाख रुपैयाँ भन्सार महसुल बुझाएर २६ करोड ५५ लाख रुपैयाँ बराबरको १ लाख ८५ हजार ३ सय १० लिटर मदिरा आयात भएको छ। जबकी गत आर्थिक वर्षको यसै अवधिमा ६४ करोड रुपैयाँ राजस्व बुझाएर ३५ करोड रुपैयाँ बराबरको २ लाख ४२ हजार ५ सय ८३ लिटर मदिरा आयात भएको थियो। 

तुलनात्मक रुपमा गत आर्थिक वर्षमा भनदा चालु आर्थिक वर्षको यस अवधिमा ९ करोड ७ लाख रुपैयाँ थोरैको ५७ हजार २ सय ७३ लिटर कम मदिरा आयात भएको छ। आयात घट्दा मदिराबाट संकलन हुने राजस्वमा १६ करोड ९० लाख रुपैयाँको अन्तर परेको छ। मदिराकै आयातबाट यहाँस्थित भन्सार कार्यालयले उत्साहजनक रुपमा राजस्व संकलन गर्दै आएको छ। यो भन्सारको राजस्वमा योगदान गर्ने मुख्य ४ वस्तुको सूचीमा मदिरा पनि पर्ने गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.