|

बैतडी : सरकारको प्राथामिकतामा रहेको महाकाली करिडोर सडक निर्माण कार्य स्थगित भएको छ। वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) नहुँदा महाकाली करिडोरको निर्माण कार्य स्थगित भएको हो।

चालु आर्थिक वर्षमा ३० करोड बजेट छुट्याइए पनि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) नबन्दा काम रोकिएको हो। ब्रह्मदेवदेखि डडेल्धुरा, बैतडी हुँदै दार्चुलाको टिंकरसम्मको ४ सय २६ किलोमिटर सडकखण्डको निर्माण कार्य पछिल्लो समय बतावरणीय प्रभाव मुल्यांकन (ईआइए) नबन्दा रोकिएको दार्चुला टिकंर सडक योजनाका प्रमुख रामचन्द्र शाहले बताए।

दार्चुला टिंकर सडक योजनाले अहिले महाकाली करिडोरको जिम्मेवारी लिएको छ। डडेल्धुरा, बैतडी र दार्चुलामा गरी तीन खण्डमा निर्माण कार्य चलिरहेकै वेलामा बतावरणीय प्रभाव मूल्यांकन (ईआइए) विना काम नगर्न दबाद आएपछि काम रोकिएको उनले बताए। कञ्चनपुरको ब्रह्मदेवमा भने सडक निर्माणका लागि ठेक्का समेत भएको छैन। ‘डडेल्धुरा, बैतडी र दार्चुलास्थित महाकाली किनारबाट तीन खण्डमा काम सुरु भएको थियो,’ उनले भने, स्थानिय र बन कार्यालयबाट गुनासो आएपछि काम रोकिएको हो।’

महाकाली नदिको किनारै किनार बन्ने महाकाली करिडोर बन क्षेत्रमा पर्ने भएकाले बतावरणीय प्रभाव मुल्यांकन विना कार्य रोकिएको जिल्ला बन कार्यालय बैतडीका सहायक बन अधिकृत रामप्रसाद चौधरीले बताए। ‘महाकाली करिडोर चुरे बन क्षेत्र हुदै बैतडी र दार्चुलाको बन क्षेत्रमा बन्न लागेकाले बतावरणीय प्रभाव मुल्यांकन नभई ट्रयाक खोल्न मिल्दैन,’ उनले भने।

महाकाली करिडोरअन्तर्गत बैतडीको त्रिपुरासुन्दरीबाट १० किलोमिटर ट्रयाक खोलिएको र बाँकी कार्य बतावरणीय प्रभाव मूल्यांकन नबनेकै कारण रोकिएको बन कार्यालयले जनाएको छ। बन क्षेत्रलाई हानी नगर्ने क्षेत्र भएकाले त्रिपुराबाट १० किलोमिटर ट्रयाक खोल्न दिईएको बन कार्यालयले जनाएको छ।

दार्चुला टिंकर सडक निर्माणका लागि विस्फोटक पदार्थ अभाव

वातावरणीय प्रभाव मूल्यांकनसँगै निर्माण कार्यको लागि चाहिने आवश्यक सामाग्री नहुँदा निर्माण कार्य ठप्प भएको हो। दार्चुला टिंकर सडक निर्माणको लागि विष्फोटक पदार्थ अभावमा ८ बर्षमा १८ किलोमिटर मात्रै ट्रयाक खोलिएको छ।

योजनालाई चाहिने १० टन विष्फोटक पदार्थ नेपाली सेनाले दिन नसक्दा निर्माण कार्य अघि बढ्न नसकेको योजना प्रमुख शाहको भनाई छ।  टिंकर सडकको पिपलचौरीको विजयपुर भीर, राप्लाको फतङगाडदेखि घाटी बगर क्षेत्रमा सडकको ट्रयाक खोल्न विस्फोटक पदार्थ आवश्यक रहेको छ। ती क्षेत्रमा कडा चट्टानी भूभाग विस्फोटक पदार्थविना काम हुन सक्ने अवस्था नरहेको योजनाका ईन्जीनियर दिनेश राईखोलाले बताए।

२ महिनापछि मात्रै मात्रै निर्माण कार्य सुरु हुने

बतावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सडक विभाग अन्तर्गतको भू-वातावरणीय ईकाईको टोलीले अध्यययन गरेर बनाउने गर्छ। अहिले सडक विभागले वन मन्त्रालयमा वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन बनाउन विवरण पठाइसकेको छ।

उक्त वातावरणीय प्रभाव मूल्यांकन बनाउन अझै २ महिलना लाग्ने दार्चुला टिकंर सडक योजनाका प्रमुख शाहले बताए। ईआए बनाउन र सेनासँग विस्फोटक पदार्थ माग्न म अहिले काठमाडौंमा छु, कम्तिमा पनि २ महिना समय लाग्ने देखिएको छ,’ उनले भने, ‘बतावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन तयार भएपछि मात्रै निर्माण कार्य सुरु हुन्छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.