|

विराटनगर : विराटनगर केन्द्रीय कार्यालय रहेको सिर्जना फाइनान्स लिमिटेडले गत वर्ष २० करोड ८५ लाख सञ्चालन मुनाफा गरेको छ।

फइनान्सको सत्रौं वार्षिक सधारणसभा प्रस्तुत प्रतिवेदनामा सो बराबरको रकम नाफा भएको जनाएको हो। सिर्जना फाइनान्सका सञ्चालक समितिका अध्यक्ष सुयस प्याकुरेलले ३ अर्ब ३६ करोड निक्षेप, २ अर्ब ७५ करोड कर्जा लगानी भउको जानकारी दिए।

फाइनान्सले ०७४ असार मसान्तको नाफाबाट ३२.५० प्रतिशत बोनस सेयर र १.७१ प्रतिशत नगद लाभांश वितरण  गरेको छ। अब सिर्जना फाइनान्सको पुँजी ४० करोड ६ लाख ८० हजार पुगेको छ।

साधारणसभाले बोनस सेयर वितरणपछि कायम हुने पुँजीको ६० प्रतिशत (१० बराबर ६ सेयर) हकप्रद सेयर निष्कासन गर्ने निर्णयसमेत गरेको छ। हकप्रद सेयर र  चालु वर्षको मुनाफाबाट चुक्ता पुँजी ८० करोड पूरा गरी राष्ट्रियस्तरको वित्तीय संस्था हुने लक्ष्य लिएको छ।

चालु वर्षमा सिर्जनाले विराटनगरको रानी, सुनसरीको इटहरी, धरान र सप्तरीको बोदेबर्साइनमा आफ्नो शाखा कार्यालय र थप ६ वटा एटिएम सञ्चालनमा ल्याउने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.