|

काठमाडौं : फिल्म 'मिस्टर झोले'ले फिल्मको 'ओखती' बोलको गीतमा कभर भिडियो कम्पिटिसनको सोमबार राजधानीमा एक कार्यक्रम आयोजना गरी विजेता घोषणा गरेको छ। निर्माण टिमलाई प्राप्त २५ भिडियोमध्ये उत्कृष्ट तीनलाई निर्माण युनिटले पुरस्कृत पनि गरेको छ।

क्रिस्टल क्लाउज क्रुले तयार पारेको भिडियो प्रथम हुन सफल भयो। यस टिमले पहिला यही टिमको निर्माणमा बनेको फिल्म 'पुरानो डुंगा'को कभर कम्पिटिसन पनि जित्न सफल थियो। ‘किसन एण्ड डान्स क्रु’ले बनाएको वन सट भिडियो दोस्रो हुँदा ‘द डाइनामिक क्रु’ले तयार पारेको भिडियो तेस्रो बन्न सफल रह्यो। प्रतिस्पर्धामा प्रथम हुनेले एक लाख ५५ हजार, दोस्रो हुनेले एक लाख २५ हजार र तेस्रो हुनेले एक लाख पाँच हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

'सिनेमा आर्ट' र 'टेकेन खड्का प्रोडक्सन'को व्यानरमा निर्माण भएको फिल्मलाई रामबाबु गुरुङले निर्देशन गरेका छन्। फिल्ममा रवि न्यौपानेको छायांकन, निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वाँरको कोरियोग्राफी रहेको छ।

पुस २८ देखि प्रदर्शनमा आउने यस फिल्ममा दयाहाङ राई, वर्षा राउत, दिया पुन, पुष्कर गुरुङ, बुद्धि तामाङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाललगायतको अभिनय छ। 

विजयी भिडियो : 

प्रथम :

दोस्रो : 

तेस्रो : 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.