|
फाइल फोटो

कावासोती : नवलपरासी वर्दघाट सुस्ता पश्चिम रामग्राम ११ रानीपकडमा मंगलबार बिहान सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नलपरासी पश्चिमका अनुसार परासी भूमही हुलाकी खडक खण्डमा परासीबाट भूमहीतर्फ आउँदै गरेको लु१ख९२३६ नम्बर बस र विपरीत दिशातर्फ जाँदै गरेको ना५ख ९२४५ को ट्रक एक आपसमा ठक्कर खाँदा बसमा सवार दुई जनाको मृत्यु भएको हो।

प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बसका सहचालक रामग्राम ५ बस्ने २६ वर्षीय जितेन्द्र कुमार पाण्डेको उपचारको क्रममा भूमही सामुदायिक अस्पताल र बसमा सवार रामग्राम २ का ३५ वर्षीय अरबिन्द ठाकुरको पृथ्वीचन्द्र जिल्ला अस्पतालमा मृत्यु भएको हो।

दुर्घटनामा परी घाइते भएका बसमा सवार अन्य ५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। बस चालक रामग्राम १६ का नदुवा बस्ने ३५ वर्षीय हरि नारायण केवट, रामग्राम ५ बस्ने २५ वर्षीय दीपेन्द्र पाण्डे, नवलपरासी

वर्दघाट सुस्तापूर्व जिल्ला मध्यबिन्दु ११ का १६ वर्षीय अनोज अधिकारी, गोरखा ताक्लुङ १ का वर्ष २२ को टीकाराम दराई र भारत महाराष्ट्रका २४ वर्षीय विनायक पौवारको अवस्था गम्भीर रहेको छ। उनीहरुको परासी, भूमही र रुपन्देहीको मणिग्रामको अस्पतालमा उपचार भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.