|
फाइल फोटो

वीरगञ्‍ज : पर्साको वीरगञ्‍ज महानगरपालिका-२७ उदयपुर घुर्मीमा चिसोले कठ्यांग्रिएर एकै परिवारका दुई जना दिदी भाइको मृत्यु भएको छ।

मृत्यु हुनेमा ५५ वर्षीय इनर्मतिया देवी धानुक र ४० वर्षीय मन्जु महतो धानुकको मंगलबार बिहान ९:१० बजेको समयमा मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ।

मंगलबार बिहान ९ बजेको समयमा खाना खाएर चिसो लागेपछि ओछ्यानमा सुत्न गएकी इनरमतिया देवीको घरमै मृत्यु भएको हो भने बिहान घरबाट वीरगञ्‍ज निस्केका मन्जु भने चिसो लागेपछि भवानीपुर नजिकै गण्डक नहरमा आगो ताप्ने क्रममा चिसोले ढलेर मृत्यु भएको पर्साका प्रहरी नायव उपरीक्षक राजन लिम्बूले जानकारी दिए।

अति विपन्न परिवार भएकाले चिसो छल्न कपडाको अभाव भएकाले सोमबार राति कठ्यांग्रिएका महतोद्वयको मंगलबार बिहान चिसोले नै मृत्यु भएको प्रहरी नायव उपरीक्षक लिम्बूले बताए। मृतकहरुको शव पोष्टमार्टमका लागि नारायणी उपक्षेत्रीय अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.