|

काठमाडौं: निर्माण व्यवसायीहरुले विना कारण सिमेन्ट उद्योगीले मूल्य वृद्धि गरेको आरोप गर्दै विरोध जनाए पछि सिमेन्ट उत्पादक संघले मूल्य वृद्धिको कारण देखाएको छ। सिमेन्ट उत्पादक संघले मंगलबार विज्ञप्ती जारी गर्दै विभिनेन १० कारणले गर्दा मूल्य बढाउनु परेको तर्क गरेको छ।

मूख्य रुपमा क्लिङ्कर आयातमा भएको अवरोधका कारण मूल्य वृद्धि भएको उत्पाद संघको दाबी छ। निर्माण व्यवसायीहरुका अनुसार पछिल्लो १ महिनामा १२ प्रतिशतसम्म सिमेन्टमा मूल्य वृद्धि भएको छ।

मूल्य वृद्धिका १० कारण

  • (क)  भारतबाट आयात गरिएको क्लिङ्करमा अत्याधिक मात्रामा वृद्धि भएको
  • (ख) भारतको मध्य प्रदेशबाट ट्रकमा क्लिङ्कर, फ्लाई आस र जिप्सम् ढुवानी गर्दा भाडा वृद्धि हुन गएको र ट्रकको अभावले अझ वृद्धि हुदै गरेको,
  • (ग)  डिजेल को मूल्य मा  ५ रुपैयाँ  प्रति लिटर वढेको,
  • (घ)  कोइला को मूल्य ७६ अमेरिकी डलर प्रति टन रहेको मा हाल वृद्धि भै ११८ अमेरिकी डलर सम्म पुगेको,
  • (ङ)  भारतमा क्लिङ्करमा भएको मूल्य वृद्धि र सिमा क्षेत्र रक्सौलमा क्लिङ्कर अनलोडमा भईरहेको विवादका कारण पर्याप्त मात्रामा कच्चा पदार्थको अभावमा पुर्ण क्षमतामा उद्योग संचालन हुन नसक्दा उत्पादन लागत बढ्नगई मूल्य वृद्धि हुन गएको, 
  • (च) भारतमा क्लिङ्कर उत्पादनमा (पेट कोक) को प्रतिवन्ध लगाईएको र कोईलाबाट उत्पादन गर्दा लागत मूल्य वृद्धि भएकोले भारतिय उद्योगले क्लिङ्करको मूल्य वढाईएको, भारतिय रेल्वेबाट आयात हुने क्लिङ्करको आयात रोकिएको तथा अन्तराष्ट्रिय वजारमा कोईलाको मूल्य प्रति मे. टन यु.एस.डलर ७५ बाट करीव ५० प्रतिशतले वृद्धि भई प्रति मे.टन यु.एस.डलर ११० पुगेको तथा कलकत्ता बाट नेपालसम्मको ढुवानी लागत समेत बढ्नगएको छ।
  • (छ)  भारतबाट कच्चा पदार्थ लिई आउने ट्रकहरु भारतर्फको झण्डै २४/२५ कि.मि. सम्म ट्रकको लाईन लाग्दा डिटेन्शन चार्ज वढन् गई उत्पादन लागतमा वृद्धि हुन गएको जानकारी गराउदछौं ।
  • (ज)  ट्रक समितिहरुको अवैध आलोपालो प्रथा र हालै प्रेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण ढुवानी भाडा अत्याधिक बढ्नगई उपभोक्ता मूल्यमा वृद्धि हुन गएको।
  • (झ) हाल भारतबाट ट्रकमा आयात हुने कच्चा पदार्थ क्लिङ्कर, जिप्सन, स्लाग, कोईला जस्ता औद्योगिक कच्चा पदार्थहरुलाई उद्योग रहेको स्थान सम्म निर्वाध रुपमा आयात गर्दा ओभरलोड निषेधित गरेका कारण पनि मूल्य वृद्धि भएको हो।
  • (ञ)  पछिल्लो पटक उद्योग क्षेत्रमा घोषित रुपमा लगातार ६ घण्टा सम्म विद्युत कटौति हुने र अघोषित रुपमा थप १–२ घण्टा विद्युत आपुर्तिमा कमि हुन गई वैकल्पीक रुपमा ईन्धनको प्रयोग गर्दा मूल्य लागत बढ्न गएको।

माथि उल्लेख गरिएका १० कारण सिमेन्ट उत्पादक संघले दिएका  कारण हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.