|

काठमाडौं : अदालतको अवहेलना मुद्दामा बयानका लागि सर्वोच्च अदालतमा उपस्थित गराइएका चिकित्सक डा. गोविन्द केसीको समर्थन र उनलाई गरिएको पक्राउको विरोधमा माइतीघर मण्डला र अदालत परिसरमा धेरै मानिस उपस्थित रहे।

प्रधानन्यायाधीश गोपाल पराजुलीलाई भ्रष्ट भएको आरोप लगाउँदै उनको राजीनामा माग गरेर १४अौँ अनसन बसेका डा. केसीलाई सोमबारको सर्वोच्च अदालतको निर्देशनबमोजिम अनसनस्थलबाटै प्रहरीले पक्राउ गरेको थियो। मंगलबार अदालतमा बयान लिइसकेपछि अदालतकै निर्देशनबमोजिम डा. केसीलाई वीर अस्पताल लगिएको छ। केसीको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै त्यहाँ विशेष कक्षमा राखिएको बताइएको छ।

हेर्नुहोस् फोटा :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.