|

काठमाडौं : स्टार वन इन्टरटेनमेन्ट प्रालिले आयोजन गरेको 'मिसेस नेपाल टुरिजम' र 'मिस टिन टुरिजम'- २०१८ को विजेता घोषणा भएको छ। राजधानीको राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको अन्तिम स्पर्धामा मिसेज नेपाल टुरिजम आना आचार्यले जित्न सफल भइन् भने मिस टिन नेपाल टुरिजम राशी सुवेदीले चुमेकी छन्।

पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ आयोजित किशोरीको सौन्दर्य प्रतियोगितामा मिस टिन टुरिजम-२०१८ को उपाधि चुमेकी राशीले मिस क्याटवाक र ब्युटी विथ प्रपोजको उपाधिसमेत जित्न सफल भइन्। मिसेस नेपाल टुरिजमको उपाधि चुमेकी आना काठमाडौं मेडिकल कलेजकी डाक्टर तथा फार्माकोलोजीकी लेक्चरर हुन्। उनले बेस्ट स्किन उपाधिसमेत जितेकी छन्।

रेडियो नेपालकी सञ्चारकर्मी सन्तु श्रेष्ठ मिसेस टुरिजमतर्फ फस्ट रनरअप र बेस्ट पर्फमर, अनिका दाहाल सेकेन्ड रनरअप र बेस्ट स्पिच तथा छाउनी अस्पतालकी चिकित्सक राधिका सापकोटा थर्ड रनरअप र मोस्ट ट्यालेन्ट घोषित भए।

यसैगरी, मिसटिन टुरिजमतर्फ सम्बिदा ओझा फस्ट रनरअप, रमिना बिस्ट सेकेन्ड रनरअप, प्रशंसा पौडेल थर्ड रनर्रअप र बेस्ट स्किन चुनिए। प्रतियोगितामा पूजा गुरुङ मोस्ट पपुलर सुन्दरी बन्न सफल भइन्।

दुवै प्रतियोगितामा मिस नेपाल उषा खड्गी, गायक आनन्द कार्की, अभिनेता तथा निर्देशक रमेश बुढाथोकी, नायक गजित विष्ट, समाजसेवी वसन्त कुँवर, नेपाल आयल निगमका पूर्वनिर्देशक सीताराम पोखरेल तथा शिक्षक एवं संगीतकार सरोज प्याकुरेल निर्णायक रहेका थिए। प्रतियोगीतामा अश्विनी झाको सञ्चालन र कोरियोग्राफीमा रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.