|

  • दीपक शर्मा-

सल्यान : सल्यानमा चालु आर्थिक वर्ष ०७४/७५ मा ३३ करोडको सुन्तला उत्पादन भएको छ। सुन्तला सुद्धृढीकरण अभियान बगैँचा व्यवस्थापन, सुन्तलाको बोट तथा क्षेत्रफल वृद्धि, मौसमको अनुकूल वातावरण मिलेपछि यसवर्ष  गतवर्षको भन्दा १० प्रतिशतले  सुन्तला उत्पादनमा वृद्धि आएको छ।

जिल्ला कृषि विकास कार्यालय सल्यानका अनुसार यस वर्ष सल्यानमा ३३ करोड ४ लाख ३ हजार ४० बराबरको सुन्तला उत्पादन भएको छ। अघिल्लो वर्षको तुलनामा यसवर्ष सल्यानमा  १० प्रतिशतले सुन्तला उत्पादनमा वृद्धि भएको छ। 

१ हजार २० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाको बोटबाट ७  हजार ३ सय ४४ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सल्यानका वरिष्ठ कृषि विकास अधिकृत अमरराज शर्माले जानकारी दिए।

गतवर्षको भन्दा ८ हेक्टर क्षेत्रफल बढीमा सुन्तला उत्पादन भएका कारण पनि गतवर्षको भन्दा यो वर्ष सुन्तला उत्पादनमा वृद्धि आएको उनको भनाइ छ। उनले भने, ‘किसानहरुले बोटमा लामो समयसम्म  दाना राख्ने गरेका कारण सुन्तला एक वर्ष बढी फल्ने र एक वर्ष कम फल्ने गर्दछ तर सुन्तलाको उत्पादन क्षेत्र बढिरहेकाले उत्पादन प्रतिशत बढेको हो।’

गएको वर्ष सल्यानमा २९ करोड ८१ लाख ३२ हजार बराबरको सुन्तला उत्पादन भएको थियो। उत्पादित सुन्तलामध्ये करिब ७५ प्रतिशत सुन्तला जिल्लाबाहिर निकासी भएको उनले बताए।

१ हजार ५ सय ४० हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आइरहेकोमा यस वर्ष १ हजार २० हेक्टर क्षेत्रफलमा लगाइएको सुन्तलाले उत्पादन दिन थालेको अधिकृत शर्माले बताए।

उनले भने, ‘उत्पादित सुन्तलाले सोचेभन्दा  राम्रो बजार पाउन थालेपछि सुन्तला खेतीतर्फ कृषहरुको मोह बढिरहेको छ। वैशाख र कात्तिकमा आएको असिना पानीले केही क्षति पुर्‍याएका कारण बिमा गर्न सबै किसानहरुलाई म आग्रह गर्दछु।’

जिल्लामा उत्पादन भएको सुन्तलाले राम्रो बजार पाएको र उत्पादन भएको सुन्तला दाङ, सुर्खेत, जाजरकोट, नेपालगन्ज, धनगडी, महेन्द्रनगर विक्री भइरहेको शर्माले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.