मनोरञ्जन

यी हुन् मराठी सिनेमाकी 'डान्सिङ क्‍‍वीन', सामाजिक सञ्‍जालमा भइन् भाइरल
SHARES

पुस २६, २०७४

    काठमाडौं : आजकल यी फोटोहरु सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। अपलोड गरिएको केही घण्टामै यी सुन्दर तस्विरहरुमा हजारौंको लाइक्स र शेयर हुने गरेको छ। तस्विरहरु मराठी सिनेमाकी चर्चित नायिका मान्सी नाइकको हो । ‘बाइ वाड्यावर’ नामक उनको अभिनय रहेको गीत लामो समयदेखि लोकप्रिय छ।

    मराठी सिनेमाका निर्देशक महेश कोठारेको फिल्म 'जबर्जस्त'बाट अभिनेत्री मान्सी नाइकको करियर सुरु भएको थियो।

    अहिले उनी आफ्ना हट तस्विरहरुका कारण चर्चामा छिन्। मानसी मराठी फिल्ममा डान्सिङ्ग क्‍‍वीन भनेर चिनिन्छिन्। मान्सीले केही दिनअघि मात्रै मला 'लगीन करायचं 'आये नामक कमेडी शोमा जोनी लिवरसँगै नृत्य गरेकी थिइन्। हाँस्य कलाकार जोनी लिवरलाई यी अभिनेत्री आफ्नो गुरु सरह मान्छिन्।

    मान्‍सीले आफ्नो मोडलिङ करियर कलेज जीवनबाटै सुरु गरेकी थिइन्। उनले केही  सिरियलमा पनि अभिनय गरेकी छिन्। अझै पनि थुप्रै मराठी विज्ञापनहरुमा उनको अभिनय हेर्न सकिन्छ। सामाजिक सञ्जालमा उनी निकै लोकप्रिय छिन्। फेसबुकमा उनका लाखौं फलोअर्स छन्। 

     

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]