|

हङकङमा बसोवास गर्दै आएकी चितवनकी कवि सुनिता गिरीको पहिलो कवितासंग्रह ‘माइत जाने बाटो’ बजारमा आएको छ। हङकङ साहित्यिक साझा शृंखलाकी सहसंयोजकसमेत रहेकी गिरीको कविताकृति नेपाल क्लब हङकङले प्रकाशन गरेको हो।

हङकङमा आयोजित कार्यक्रममा यस कृतिको विमोचन गरिएको थियो। साहित्यकार तथा संस्कृतिविद् अतीत मुखिया, नेपाल क्लब र हङकङ नेपाली महासंघकी अध्यक्ष रीता गुरुङ, नेपाली साहित्य प्रतिष्ठानका अध्यक्ष टंक सम्बाहाम्फे, हङकङ साहित्यिक साझा शृंखलाका संयोजक डीबी पालुङ्वा, समीक्षक समाज हङकङका संयोजक हेमकुमार लावती, एभरेस्ट साप्ताहिकका प्रकाशक एवं सम्पादक किसन राई, विश्व नेपाली साहित्य महासंघ हङकङका अध्यक्ष चन्द्र मादेन ‘आन्छन्’, एनआरएनए हङकङकी अध्यक्ष टीका गुरुङलगायतले सामूहिक रूपमा कृतिको विमोचन गरेका थिए।

समुच्च विचारकी प्रवर्तक तथा कवि दीपा एवाई राई र समीक्षक समाज हङकङका संयोजक हेमकुमार लावतीले कृतिको समीक्षा गरेका थिए। कवितासंग्रह अब्बल कृतिका रूपमा पाठकमाझ आएको उनीहरूको टिप्पणी थियो। कवि टोपबहादुर याक्खा, पूर्णिमा शाहलगायतले संग्रहभित्रका कविता वाचन गरेका थिए। कवि गिरीलाई विभिन्न संघसंस्थाका तर्फबाट सम्मान पनि गरिएको थियो।

संग्रहमा सपनामा आमा, मृत्युलाई पत्र, रातो रङ, नारी र स्वतन्त्रता, जून, विश्वास, बिर्सिएका यादहरू, ग्रेटवाल, समाधिमा एक थुँगा फूल, बेलुन, फूलको समुद्र, अनिदो रात, प्रकृति, आमाको साथ छुट्दा, धरहरासँगै ढलेको धरहरा, माइत जाने बाटोलगायत शीर्षकका कविता पढ्न सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.