|

सल्यान : दार्मा गाउँपालिका ३ फारुलाचौरकी ३२ बर्षीया रुपा खत्रीको उनकी सौताले बञ्चरो प्रहार गरेर हत्या गरेकी छिन्।

बुधबार विहान भएको विवादमा रुपाकी सौता २६ वर्षिया कल्पना चन्दले सौताको हत्या गरेकी हुन्।

आफ्नी सौताको हत्या गरेपछि कल्पना फरार भएको प्रहरीले जनाएको छ।

उनीहरुबीच मंगलबार राती १० बजे पनि झगडा भएको र सोही झगडा बुधबार विहान पनि भएपछि राति १ बजेतिर कल्पनाले बन्चरो प्रहार गरेको प्रहरीले बताएको छ।

फरार कल्पनाको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक भरतबहादुर विकले बताए। उनले हत्याबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

मृतक खत्रीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्यान पुर्‍याइएको छ।

मृतक खत्रीका ३ छोरी र १ छोरा छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.