|

काठमाडौं : माघ ४ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘पिंजडा ब्याक अगेन’को जापानमा स्पेसल शो हुने भएको छ। नेपालमा प्रदर्शन भएको १० दिनपश्चात जापानमा यस फिल्मको स्पेसल शो हुनेछ।

उक्त शोमा नायक निखिल उप्रेती, संचिता लुइँटेल र निर्देशक हिमाल केसी उपस्थित हुनेछन्। मंगलबार मात्रै काठमाडौंस्थित जापानी राजदूतावासले निखिल, संचिता र हिमाललाई जापानको लागि भिसा प्रदान गरेको हो।

क्लासिक युथ जापानले प्रदर्शन अधिकार लिएको 'पिंजडा ब्याक अगेन'को जनवरी २८ मा टोकियोमा र अन्य मितिमा अन्य शहरमा पनि निर्देशक केसीले बताए।

फेमिली ड्रामा बोल्ने एक्सन प्याक फिल्ममा निखिलसँगै सारा शिर्पाली, ज्याक श्रेष्ठ, सुन्दर श्रेष्ठ, सुस्मिता केसी, पुकार भट्टराई, प्रदीप दाहाल, कुशाग्र भट्टराईसँगै केही दिन पहिले मात्रै दिवंगत भएकी बिना थापाको मुख्य भूमिका छ।

श्रीराम बरालको प्रस्तुतिमा निर्माण भएको यस फिलममा रोहित पुरी र गोविन्द गैरेको लगानी छ। फिल्मको कथा मौनता श्रेष्ठले लेखेका हुन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.