|

काठमाडौं : अदालतको मानहानी मुद्दामा पक्राउ परी सर्वोच्च अदालतमा दोस्रो दिन उपस्थित गराइएका डा. गोविन्द केसी बुधबार बिहान  साढे ९ बजे बाक्लो सुरक्षासहित एम्बुलेन्समा अदालत लगिएका थिए।

बुधबार दिनभरजसो उनको मुद्दामा सुनुवाइ भयो। दिउँसो १ बजे उनका समर्थकहरूले माइतीघर मणडलामा प्रदर्शन पनि गरेका थिए। अदालत परिसर र वरिपरि बाक्लो सुरक्षाकर्मीको उपस्थिति थियो। 

बुधबारको अदालतको आदेशले उनलाई साधारण तारेखमा छोड्ने अादेश दिएपछि साँझ ७ बजे बाहिर निस्किएर सञ्चारकर्मीहरूसँग कुरा गरेर अनसनस्थल त्रिवि शिक्षण अस्पताल गएका थिए। अस्पताल पुगेर डा. केसीले १४अौँ अनसन जारी राखेका छन्। डा. केसीलाई फागुन ८ गते अदालत उपस्थित हुन आदेश दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.