छापा

यो पटकको एसईई परीक्षा बन्दैछ 'कठिन'
SHARES

पुस २७, २०७४

    काठमाडौं : आगामी २८ चैतबाट जिल्ला शिक्षा कार्यालय नरहने भएपछि माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा निकाल्न कठिन हुने देखिएको छ। कानुनी रूपमा संक्रमणकालीन व्यवस्था नहुँदा यो वर्षको एसईई परीक्षाको नतिजा आउन निकै समय लाग्ने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए।

    उच्चस्तरीय शिक्षा आयोगको बुधबारको बैठकमा आयोग
    सदस्य तथा बोर्डका अध्यक्ष पौडेलले अहिले जिल्ला शिक्षा कार्यालयले एसईईको ९५ प्रतिशत काम सकेको बताए। जिशिका नहुने भएपछि यसको संक्रमणकालीन व्यवस्था नभएमा नतिजाका लागि विश्वविद्यालयमा जस्तै महिनौं पर्खिनुपर्ने अवस्था आउने चिन्ता व्यक्त गरे। उनले भने, ‘चैत ८ देखि हुने एसईई परीक्षा त राम्रोसंँगै सम्पन्न होला, परीक्षा सकेपछि जिशिका रहँदैन, त्यसपछि उत्तरपुस्तिका कहाँ, कसले परीक्षण गर्ने भन्ने लगाएतका गम्भीर समस्या उत्पन्न हुने छन्।’

    पनिकाबाट परीक्षाको तयारी
    शिक्षा ऐनको आठौं संशोधनपछि कक्षा १२ सम्मलाई विद्यालय तहमा समायोजन गरिएको छ। तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद् खारेज गरी राष्ट्रिय परीक्षा बोर्डमार्फत कक्षा १२ को राष्ट्रिय स्तरमा र कक्षा १० को प्रदेश स्तरमा परीक्षा लिने व्यवस्था गरेको थियो। बोर्डको सबै संरचना तयार नभएकाले बोर्डको निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालयले नै कक्षा १० को एसईई परीक्षाको तयारी गरेको छ।

    ०७४ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) ८ चैतबाट सुरु हुँदैछ। राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालयले ६ लाख भन्दा बढी विद्यार्थीका लागि परीक्षाको तयारी गरेको छ। उत्तरपुस्तिका छपाईका लागि टेण्डर भइसकेको छ भने प्रश्नपत्रको तयारी पनि भएको छ। यस वर्षको एसईईमा 'एक्जाम्डेड'लाई पुरानो पाठ्यक्रम र नियमितलाई नयाँ पाठ्यक्रम अनुसार प्रश्नपत्र तयार गरिने पौडेलले जानकारी दिए। एसईई परीक्षा साधारण धारको १७ चैतमा र प्राविधिक धारको २० चैतमा सम्पन्न हुने कार्यतालिकका छ।

    यसकारण समस्या
    देश संघीयतामा गएपछि जिल्ला शिक्षा कार्यालय खारेज हुँदैछ। एसईईसम्बन्धी धेरै काम जिशिकाबाटै हुने गरेका थिए। विद्यार्थीको रजिस्ट्रेसन, परीक्षाको आवेदन फारम भराउने, परीक्षा केन्द्र निर्धारण गर्ने, केन्द्रबाट पठाएका प्रश्नपत्र र उत्तरपुस्तिका राखेर केन्द्रसम्म पुर्‍याउने र संकलन गर्ने, परीक्षाको समन्वयको काम जिशिकाले गर्दै आएको छ।

    त्यसैगरी परीक्षा सम्पन्न भइसकेपछि केन्द्रको निर्णयअनुसार उत्तरपुस्तिका परीक्षणका लागि अरू जिल्लामा पुर्‍याउने, अरू जिल्लाबाट आएकालाई परीक्षणको व्यवस्थापन गर्ने काम गर्दै आएको छ। तर, सम्पर्क गर्ने र कामको जिम्मेवारी दिने निकाय नहुँदा विद्यार्थीको तथ्यांक संकलनमा जटिलता आउनेछ।

     

नयाँ पत्रिका

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]