|

काठमाडौं : 'भष्ट न्यायाधीश'को विरोध गर्दै अनशन थालेका डा. गोविन्द केसीलाई सर्वोच्च अदालतको आदेशमा प्रहरी लगाएर गिरफ्तार गरिएपछि यो कार्यको देशव्यापीरुपमा विरोध भयो। सडक र सामाजिक सञ्जालमा विरोधका आवाज छ्याप्छ्याप्ति भए। विरोधको आवाज सरकारसम्म पुर्‍याउन सर्वसाधारणले 'हेलो सरकार!' को घण्टी पनि बाक्लै बजाए।

सरकारले सञ्चालन गरेको 'हेलो सरकार' कार्यक्रममा डा. केसी पक्राउको विरोधमा उल्लेख्य सर्वसाधारणले असन्तुष्टि व्यक्त गरे। प्रधानमन्त्री कार्यालयमा रहेको हेलो सरकार कार्यक्रममा फेसबुक र ट्वीटरमार्फत पनि थुप्रैले आक्रोश व्यक्त गरे।

उनीहरुले बेथिति अन्त्य गर्न गरिएको आन्दोलनमा लागेकालाई किन पक्राउ गरिएको भन्ने प्रश्न गर्दै केसीलाई तुरुन्त रिहा गर्न माग गरेका थिए। सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग गर्दै अनशन बसेपछि डा. केसी सोमबार राति पक्राउ परेका थिए।

पक्राउ परेलगत्तै मंगलबार र बुधबार हेलो सरकारमा थुप्रै गुनासा आए।

'भ्रष्टाचारको विरोध गरेका डा. गोविन्द केसीलाई पक्राउ गरेर सरकारले लाचारी देखाएको छ, आइ एम विथ डा. केसी' भन्दै सर्वसाधारणले सामाजिक सञ्जाल र फोनबाट हेलो सरकारसमक्ष गुनासो गरेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.