|

काठमाडौं : नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गर्न युरोपको एअरबस कम्पनीसँग खरिद गरेको एउटा जहाजमा एक थान इन्जिनका लागि एक अर्ब रुपैयाँ हाराहारी खर्च गर्नुपर्ने भएको छ। 

युरोपेली जहाज निर्माता कम्पनी एअरबससँग २०७१ माघ २५ गते खरिद गरी ल्याइएको एक सय ५८ सिट क्षमतायुक्त ‘ए३२०२००’ सिरिजको एक थान जहाजको बायाँ इन्जिनले पूर्णरूपमा काम गर्न छाडेपछि नयाँ वा ‘सेकेण्ड ह्याण्ड’ इन्जिन फेर्न निगमले उक्त रकम खर्चिनुपर्ने भएको हो।

कलसाइन ‘९ एन–एकेडब्ल्यु’ भएको निगमको उक्त जहाज नियमित तालिकाअनुसार पुस १० गते भारतको नयाँदिल्ली गएको थियो। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणपछि जहाजको बायाँ इन्जिनमा समस्या उत्पन्न भएको थियो। निगमका इन्जिनियरहरूले धेरै प्रयास गर्दा पनि काम नगरेपछि इन्जिन फेर्नैपर्ने निष्कर्ष निकालिएको हो।

‘जहाज नयाँ भए पनि इन्जिनले काम गरेन। त्यसैले नयाँ वा सेकेण्ड ह्याण्ड जुन भेटिन्छ त्यही इन्जिन फेर्नैपर्छ’, निगमका एक उच्च अधिकारीले भने, ‘वर्तमान बजार भाउअनुसार एक थान इन्जिनको नयाँ भए एक करोड अमेरिकी डलर र सेकेण्ड ह्याण्ड भए ६० लाख डलर रुपैयाँ खर्च लाग्ने भयो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.