|

काठमाडौं : सरकारले शुक्रबार (भोलि) प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरेको छ। यसाका लागि बिहीबार परामर्श गर्दैछ।  नियुक्ति र केन्द्रका विषयमा सरकारले बिहीबार राजनीतिक दल तथा सरोकारवाला निकायसँग छलफल गर्न लागेको हो। शुक्रबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने सरकारको तयारी छ।

'राष्ट्रियसभा निर्वाचन कार्यतालिकाअनुसार माघ ७ गते मतदाता नामावली सार्वजनिक गर्नुपर्ने भएकाले प्रदेश प्रमुख र अस्थायी राजधानी नियुक्ति भोलि नै गर्ने तयारी भएको छ,' प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले भने।

यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयले प्रेस विज्ञप्ति जारी गरेर संविधानको धारा २८८ को उपधारा २ बोमोजिमा प्रदेश राजधानी तोकिन लागेको जानकारी गराएको छ।

प्रदेशसभाको बैठका बसी प्रदेशको राजधानी नतोकेसम्मका लागि प्रदेशको कार्यसञ्चालन प्रारम्भ गर्न नेपाल सरकारबाट स्थान तोक्नु पर्ने बाध्यत्मक व्यावस्था रहेको छ,' विज्ञप्तिमा भनिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.