|

जाजरकोट :  दुई सातादेखि जाजरकोटमा फैलिएको भाइरल ज्वरोका कारण थप एक जनाको मृत्यु भएको छ। बुधवार थप एक जनाको ज्यान गएपछि भाइरल ज्वरोलेर् ज्यान गुमाउनेको संख्या १३ पुगेको छ।

बुधबार जुनीचाँदे गाउँपालिका– ५ तिप्ककी ६५ वर्षीया कालु तिरुवाको ज्यान गएको हो। आर्थिक अवस्था निकै नाजुक  भएपछि गोठमा बस्ने उनी न्यानो कपडा नहुँदा केही दिनदेखि चिसोले थलिएकी थिइन्। रुघाखोकी र ज्वरोको उपचार नभएपछि उनको मृत्यु भएको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसीले बताए।

अहिलेसम्म मृत्यु हुनेमा पाँच वर्षमुनिका सात बालबालिका र  ५० वर्षमाथिका ६ जना वृद्धवृद्धारहेका छन्। जुनीचाँदेको वडा नम्वर २ मजकोटबाट शुरु भएको भाइरलको प्रकोप केही समय पछि वडा नं.१ र ३ फैलिएको थियो। अहिले कोर्ताङ–४, गर्खाकोट–५ र १० सम्म प्रकोप फैलिएको छ। शनिवारदेखि थालिएको शिविरमा करिब एक हजार दुई सय जनाको उपचार भइसकेको छ। तर अझै रुघाखोकी र ज्वरोका बिरामी बढीरहेको उपचारमा संलग्न डा। पवन शाक्यले बताए।

'कुपोषित बालबालिकाका, वृद्धवृद्धा र आर्थिक अवस्था कमजोर भएकाहरु बढी प्रभावित भएका छन्', उनले भने। शिविरमा उपचारको लागि आउने ९५ प्रतिशत सामान्य खालका रुघाखोकी र ज्वरोका बिरामी भए पनि ५ प्रतिशत कडा र सिकित्स बिरामी रहेको उनको भनाइ छ। बिरामीको संख्या बढददै गएकोले नियन्त्रण बाहिर जान थालेको जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका प्रमुख रामबहादुर नेपालीले बताए।

बुधबारदेखि ६ टोलीले उपचार थालेको जानकारी दिए। ‘धेरै बालबालिका बिरामी भएकोले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बोलाइएका एक बालरोग विशेषज्ञ डा‍. नम्रताको नेतृत्वमा एक टोली बुधवार प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको छ।’ औषधी अभाव हुन नदिन जिल्ला को सुवानाउलीमा औषधीको बफर स्टक राख्ने तयारी भएको बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.