|

धनकुटा : प्रदेश नम्बर १ को अस्थायी राजधानी बनाउनुपर्ने माग राखी गरिएको बन्दले जिल्लाको जनजीवन प्रभावित बनेको छ। बन्दका कारण शैक्षिक संस्था, बजार, कलकारखाना तथा यातायातका साधन पूर्णरूपमा ठप्प छन्।

हिमाल, पहाड र तराई मिलेर बनेको १ नम्बर प्रदेशको राजधानी ऐतिहासिक, प्रदेशको केन्द्र, पहिचान, पहाडी क्षेत्रको विकासका लागि धनकुटा नै बनाइनु पर्ने माग राख्दै सदरमुकाम र हिलेबजारमा दिनहुँ विरोध प्रदर्शन नाराबाजी र प्रदर्शन हुने गरेको छ।

२८ दिनदेखि आन्दोलनरत धनकुटाबासीले यसअघि छ दिनसम्म आमहडताल गरेका थिए। प्रदेशको अस्थायी राजधानी अहिलेको सरकारले तोक्ने भएकाले दबाब दिन पछिल्लो चरणमा सो बैठक बस्ने दिन जिल्ला बन्द गरेको आन्दोलन परिचालन समितिका संयोजक सुन्दरबाबु श्रेष्ठले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.