|

अमेरिकाको क्यालिफोर्नियामा पहिरोले च्यापिएर १७ जनाको मृत्यु भएको छ। दक्षिण क्यालिफोर्नियामा गएको पहिरोमा परेर अझै दर्जनौं हराइरहेका छन्। त्यस्तै २८ जनालाई घाइते अवस्थामा उद्दार गरिएको छ।

घाइतेहरुलाई उद्दारकर्ताहरुले अस्पताल पुर्‍याएका छन्।

सरकारी अधिकारीहरुका अनुसार मृतकको संख्यामा वृद्धि हुने आँकलन गरिएको छ। पहिरोले १ सय घरमा पूर्ण रुपमा क्षती पुगेको छ भने ३ सय घरमा क्षती पुगेको छ।

अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा भारी बर्षापछिको तेज हावाको कारण ठूलो क्षति भएको बताइएको छ।

चिसो मौसममा आएको यस आँधीले जनजिवन निकै प्रभावित भएको अधिकारीहरुको भनाइ छ। 

उक्त क्षेत्रमा सयौं उद्दारकर्ताहरु खटिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.