|

काठमाडौं : बलिउड स्टार सलमान खान अभिनित फिल्म 'टाइगर जिन्दा हे' भोलिबाट तेस्रो हप्तमा प्रदर्शन हुँदै छ। तेस्रो हप्तमा प्रवेश गरिरहँदा फिल्मले तीन सय करोड माथिको व्यपार गर्न सफल भएको छ। फिल्मले अहिलेसम्म ३ सय १३ करोडको व्यपार गर्न सफल भएको छ। माउथ पब्लीसिटी गर्दा पनि फिल्मको व्यापार बढ्दो छ।  

सलमान अभिनित यो तेस्रो फिल्म हो, जसले ३ सय करोड माथिको व्यपार गर्न सफल छ। यस अघि सलमान अभिनित सुल्तान र बजरंगी भाइजानले ३ सय करोड माथिको व्यापार गरेको थियो। तर सुल्तान र बजरंगी भार्इजान दुबैको रेकर्ड टाइगर जिन्दा हे ले तोडेको छ।

अलि अब्बास जफार निर्देशित फिल्ममा सलमानसँगै कट्रिना कैफको मुख्य भुमिका रहेको छ। 'यशराज फिल्मस'को ब्यानरमा निर्माण भएको फिल्ममा आदित्य चोपडाको लगानी रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.