|

काठमाडौं : गायक शिव परियारको नयाँ गीत सार्वजनिक भएको छ। ‘आँशुको अर्थ’ बोलको गीतको भिडियो शिव परियारकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। एक महिना पहिला यस गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको थियो। उक्त लिरिकल भिडियोलाई युट्युबमा ९ लाख बढी भ्युज मिलेको छ।

शिवालय एल्बममा समावेश यस गीतमा टंक बुढाथोकीको संगीत र रवि अधिकारीको शब्द समावेश छ। आकाश श्रेष्ठ र स्वस्तिमा खड्का फिचरिङ भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन्। भिडियोमा बुद्ध थापाको छायांकन र विकास धमलाको सम्पादन रहेको छ।

हेर्नुहोस् गीत :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.