|

दमक (झापा) : बिहीबार पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आउने भएपछि झापाको दमकमा सुरक्षा व्यवस्था कडा पारिएको छ। 

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगरमा हुन लागेको प्रदेशस्तरीय औद्योगिक, व्यापार, पर्यटन तथा कृषि महोत्सवको उद्घाटनका लागि दाहाल प्रचण्ड आउन लागेका हुन्। नेपाल उद्योग वाणिज्य महासंघ र दमक उद्योग वाणिज्य संघको महोत्सव आयोजना भएको हो।

केही दिन अघि नै महोत्सवलाई लक्षित गरी सुरक्षा प्रबन्ध सुदृढ पारिएको इलाका प्रहरी कार्यालय दमकमा प्रहरी नायव उपरीक्षक दीपक गिरीले जनाएका छन्। उनले भने ‘सुरक्षामा कुनै कसर बाँकी रहेको छैन, म सबैलाई ढुक्क हुन आग्रह गर्छु।’

महोत्सव आयोजक समितिका संयोजक राजेन्द्र दंगालका अनुसार महोत्सवमा हेलिकप्टर, घोडा र उँट प्रमुख आकर्षणका रुपमा रहने छन्। आयोजकले महोत्सव अवधि आउँदो माघ ८ गते सम्म हेलिकप्टर, उँट र घोडामा सयर गरि दमकका अतिरिक्त आसपासका ठाउँहरुको अवलोकन गर्न सकिने बताएको छ।

महोत्सव अवधीभर हरेक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहने छ। महोत्सवले दमकका साथै आसपासका पर्यटकीय क्षेत्रहरुको प्रवर्द्धन गर्नुका साथै व्यवसायिक कारोबार बढाउन मद्धत पुग्ने दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकालले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.