राजनीति

माओवादी सरकारबाट बाहिरिँदै, मन्त्रीहरूले आजै राजीनामा दिने
SHARES

पुस २७, २०७४

    काठमाडौं : माओवादी केन्द्रबाट सरकारमा सहभागी भएका मन्त्रीहरू बिहीबार सरकारबाट बाहिरिने भएका छन्।

    पार्टीको निर्णयअनुसार बिहीबार बेलुकीसम्ममा राजीनामा दिन लागेको विना विभागीय मन्त्री महेन्द्रबहादुर शाहीले थाहाखबरलाई बताए। उनले भने, 'आज बेलुकीसम्ममा राजीनामा दिने पार्टीको निर्णय भएको छ, सोहीअनुसार गर्दै छौं।'

    नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्न पनि राजीनामा दिन लागेको मन्त्री शाहीले बताए। उनले मन्त्री भएकाहरू प्रदेशमा पनि जितेको र प्रदेशसभामा सहभागी हुनुपर्ने भएकाले पनि राजीनामा दिन लागेको उनले जानकारी दिए। उनले भने, 'हामीमध्ये केही प्रदेशसभामा जितेका छौँ, अब प्रदेश सरकार बनाउनुपर्ने र मुख्यमन्त्रीसमेत बन्नुपर्ने भएकाले राजीनामा दिन लागेका हौँ।' 

    विना विभागीय मन्त्री आशा कोइरालाले नयाँ जनादेशअनुसार नयाँ सरकार गठन गर्नका लागि मार्ग प्रशस्त गर्न लागेको बताइन्।   

    माओवादीबाट सरकारको नेतृत्व गरिरहेका उपप्रधानमन्त्री कृष्णबहादुर महरा भने गृहजिल्ला दाङमा एक कार्यक्रममा सहभागी भइरहेका छन्। उनी दाङबाट फर्किएपछि राजीनामा दिने तयारी भएको छ। माओवादीले सरकारबाट बाहिरिनेबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराइसकेको छ।

    उपप्रधानमन्त्री कृष्णबहादुर महराको नेतृत्वमा माओवादीका १७ जना प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भएका थिए। तीमध्ये मन्त्री शम्भुलाल श्रेष्ठ निर्वाचनपूर्व नेपाली कांग्रेसमा प्रवेश गरिसकेका छन्। हाल माओवादी केन्द्रबाट ८ मन्त्री र ८ राज्यमन्त्री गरी १६ जना विना विभागीय मन्त्रीका रूपमा सरकारमा सहभागी छन्।

    माओवादीले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन पहिले नेकपा एमालेसँग असोज १७ गते वाम गठबन्धन बनाएपछि प्रधानमन्त्री देउवाले माओवादी मन्त्रीहरूलाई विना विभागीय बनाएका थिए।

जयसिंह महरा

जयसिंह महरा राजनीति, अपराध, कला, साहित्य र संस्कृतिमाथि कलम चलाउँछन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]