समाज

एक हजार कैदी अटाउने बनाइँदै नख्खु कारागार
SHARES

पुस २७, २०७४

    ललितपुर : नख्खु कारागार विस्तार भएर एक हजारजना अट्ने क्षमताको हुने भएको छ।

    पहिले झण्डै ५ सय क्षमताको कारागारमा अहिले ५ सय क्षमता थप हुन लागेको कागारागर प्रमुख टेकबहादुर केसीले बताए। पुरुष कैदी-बन्दी राख्ने २५० क्षमताको एउटा ब्लक र अर्को त्यति नै क्षमताको महिला ब्लक बनाइएको छ। पुरुषलाई राख्न बनाइएको ब्लकमा कैदी-बन्दी बस्न थालिसकेका छन्। महिला राख्ने ब्लक भने छिट्टै निर्माण सकिएर सञ्चालनमा आउने उहाँले जानकारी दिए।

    “ठेकेदारले ढिलाइ गरेकाले केही समय लम्बियो, अब असारसम्ममा यहाँ महिला कैदी सारिने छ,” कागारागर प्रमुख केसीले भने।

    पहिले यहाँ सामुदायिक पुनःस्थापना केन्द्र (सिआरसी) र लागू औषध पुनःस्थापना केन्द्र (डिआरसी) गरेर दुईवटा ब्लक भूकम्पका समयमा क्षतिग्रस्त भएकाले पुनः निर्माण भइरहेको हो। लामो समयसम्म पालमा बसेका दुईवटा ब्लकका कैदी-बन्दी अस्थायी टहरामा बसिरहेका छन्। अस्थायी भनिने टहरा पनि पछिसम्म काममा आउने उल्लेख गर्दै कारागार प्रमुख केसीले भने, “अस्थायी टहरा पनि कैदी÷बन्दी राख्न वा कार्यालयका अरू कामका लागि प्रयोग गर्न मिल्ने खालका छन्।”

    रागारमा कैदी-बन्दीका लागि मनोसामाजिक उपचार केन्द समेत निर्माण भइरहेको छ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]