|

काठमाडौ : निर्माण व्यवसायी महासंघका तत्कालीन अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा उदयपुरका राजकुमार शाह, काठमाडौंका सुर्य बाजी र सिरहाका श्याम गुप्ता रहेको महागनगरीय प्रहरी परिसरका प्रवक्ता एसपी रामदत्त जोशीले जानकारी दिए। 

हत्यामा संगल्नहरुलाई सहयोग गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको हो। जोशीले भने, ‘कोहीले मोबाइल सीम कार्ड प्रयोग गर्न दिएको, कोही आर्थिक लेनदेनमा संलग्न भएको देखिएकोले पक्राउ गरेका हौं।'

यसअघि प्रहरीले गौचन हत्यामा संलग्न मुख्य आरोपी सहित ७ जनालाई पक्राउ गरिसकेको छ।

गौचनको गत असोज २३ गते काठमाडौंको बानेश्वरस्थित खरीबोटमा गोली हानी हत्या गरिएको थियो।

पढ्नुहोस् :

निर्माण व्यवसायी महास‌ंघका अध्यक्ष गौचनको गोली हानी हत्या

गौचन हत्याबारे छानबिन गर्न सांसदहरुको माग

खुल्यो गौचन हत्याकाण्डको रहस्य, शेयर नदिएपछि हत्या भएको प्रहरीको दाबी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.